लोकप्रिय गायिका करुणा राई र सुरेश पायल राईको आवाजमा ‘हावा चल्यो मायाको’ सार्वजनिक भएको छ । जव मायाको सितल हावा चल्यो तव दुबै मिलि मायाको सागर तर्ने प्रण गरेको भाव गीतमा सुन्न सकिन्छ । यो जिन्दगी एक अर्काको लागि उपहार बनेर आएपछि जीवन सहज भएको रोमान्टिक पक्ष गीतमा उतारिएको छ । राज संर्घषको शव्द सृजना अनि सुरेश पायल राईको संगीतमा तयार भएको यो गीतमा करुणा राई र सुरेश पायल राईको आवाज रहेको छ भने गायक गायिका द्वयकै अभिनय रहेको छ । शोभा रसाइलीको श्रृंगार अनि कमानसिं राई याम्फूको निर्देशन, छांयाकन र सम्पादन रहेको यो गीत करुणा राई अफिसियल युट्युव च्यानल मार्फत बजारमा सार्वजनिक भएको छ ।
हेर्नुहोस् भिडियो :











