वरिष्ठ गायक रेशम थापालाई मेचीकाली समूहको तर्फबाट रकम हस्तान्तरण

वरिष्ठ गायक रेशम थापालाई मेचीकाली समूहको तर्फबाट रकम हस्तान्तरण

जटिल प्रकारको रोगको उपचारको क्रममा रहनु भएको वरिष्ठ लोकदोहोरी गायक रेशम थापालाई मेची-काली रेडियो श्रोता समूहको तर्फबाट आज अस्पतालको बेडसम्मै पुगेर भेटघाटपछि  संस्था सचिव दिपक ढुंगाना र सदस्यद्वय सबिता भट्ट र निर्मला गिरि ज्युसहितको उपस्थितिमा रु १०००५ ( दस हजार पाँच ) सहयोग रकम हस्तान्तरण  गरेको छ । मेची-काली रेडियो श्रोता समूह २०६५ सालदेखि नै नेपाली गीत सङीत तथा बिबिध प्रकारको सामजिक कार्यहरु तथा सामाजिक सेबामा सकृय रुपमा रहेको सामाजिक संस्था हो । उच्च रक्तचापले गायक थापाको शरिर केहि बर्ष अगाडिदेखि प्यारालाइसिस भएपछि राम्रो संग हिड्न र गाउन समेत सक्ने। स्थितिमा हुनुहुन्छ र अहिले के एम सी अस्पतालमा उहाँको जटिल प्रकारको शल्यक्रिया सफलतापुर्बक सम्पन्न भैसकेको र स्वास्थ क्रमिक सुधार हुँदै गरेको जानकारी समेत गायक थापाले भेटमा बताउनु भएको थियो। गायक थापाका अनुसार अझै पनि थप उपचारको लागि ठूलो रकम लाग्ने र सोको ब्यबस्थापन सहयोगी हातहरु मार्फत नै क्रमशः ब्यबस्थापन हुँदै गरेको समेत टिम मेची- कालीसङ्गको भेट्मा बताउनु भएको थियो। गायक थापाको शिघ्र स्वास्थ लाभको समेत कामना गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया