स्मरण साकोसको आयोजनामा बैशाख २७ गते शनिबार सदस्यसङ्ग स्मरण साकोस अभियान अन्तर्गत “सदस्य शिक्षा कार्यक्रम” ॐ साई पार्टी प्यालेस पुरानो बानेश्वरमा सफलतापुर्बक सम्पन्न गरिएको छ।
उक्त कार्यक्रम संस्था कोषाध्यक्ष तथा कार्यक्रम संयोजक शंकर प्रसाद ढकालको अध्यक्षतामा भएको हो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा संस्थाका निबर्तमान अध्यक्ष तथा सल्लाहकार ठाकुर प्रसाद त्रिपाठी रहनु भएको थियो भने बिशेष अतिथिका रुपमा संस्थाका अध्यक्ष कुमार प्रसाद घिमिरे रहनु भएको थियो । कार्यक्रममा करिब १०० जना सदस्यहरुको सक्रिय उपस्थिति रहेको थियो।
आजको सदस्य शिक्षा कार्यक्रमको सहजीकरण क्रमशः संस्था अध्यक्ष कुमार प्रसाद घिमिरे , संस्था सचिब अमृत न्यौपाने तथा संस्था ब्यबस्थापक निर्मल प्रसाद हुमागाईले गर्नु भएको थियो । जस अन्तरगत अध्यक्ष कुमार प्रसाद घिमिरेले संस्थागत रुपमा कानुनका बिबिध पाटोहरु, सचिव अमृत न्यौपानेले सहकारी क्षेत्रमा देखापरेका बिबिध समस्या तथा समसामयिक परिवेश र ऋण बचतको सकारात्मक र नकारात्मक पक्षहरु, र ब्यबस्थापक निर्मल प्रसाद हुमागाईले संस्थाको बर्तमान परिबेशहरुको जानकारी सहितको प्रस्तुतिकरण गर्नु भएको थियो। सो कार्यक्रमको संचालन लेखा सुपरिवेक्षण समिति संयोजक तथा तालिम ब्यबस्थापन समिति सदस्य गोकुल प्रसाद गौतमले गर्नु भएको थियो भने उपस्थिति सम्पुर्ण सदस्य तथा संचालक समिति उपसमिति लगायतका ब्यक्तित्वहरुलाई स्वागत मन्तब्य द्वारा संचालक समिति सदस्य तथा तालिम ब्यबस्थापन समिति सदस्य एकराज उपाध्यायले स्वागत गर्नु भएको थियो ।
कार्यक्रमका तस्बिरहरुः