गोरखा ४ साउन । गोरखाको सतिपिपल स्थित एक घरबाट बरामद गरिएको टल्किने ढुङगा गोरखाको पबित्र धार्मिकस्थल गोरखकाली र गोरखनाथ भुमिमा राख्न माग गरिएको छ ।
श्री श्री गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्र गोरखा लगायतका सघ सस्थाहरुले जिल्ला प्रहरी कार्यलय गोरखामा सुरक्षित अबस्थामा राखिएको ढुङ्गा बाहय जिल्लामा नपठाउन माग गर्दै आज जिल्ला प्रसासन कार्यलय गोरखालाई ज्ञापन पत्र बुझाएको हो ।
अलौकिक प्रकारको बल्ने शिला कुनै पनि वहानामा गोरखा जिल्ला बाहिर नपठाइ शिला मुल धनिको ईच्छा अनुसार गोरखकाली र गोरखनाथको पबित्र भुमिमा राख्न विभिन्न सस्थाहरुले माग गरेका हुन ।
सिद्धाश्रम केन्द्र गोरखा, गोर्खा जेसिज गोरखा, हरमटारी क्लव गोरखा, विश्व हिन्दु युवा संघ गोरखा,विश्व हिन्दु महासघं गोरखा,जेष्ठ नागरीक समाग गोरखा र नेपाल सनातन धर्म सस्कृती सघ गोरखा लगायतल्ले प्रसासनलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाउन गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्र गोरखाका सल्लाहकार नारायण बाबु दानी र जेष्ठ नागरिक समाज गोरखा अध्यक्ष मोहनलाल श्रेष्ठ, समाजसेवी होमसिङ बस्न्यात लगायतको टोली जिल्ला प्रसासन कार्यालय पुगेका थिए ।
टोलीले प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई टल्कने धातु ऐतिहासिक महत्वको बारेमा जानकारी गराउदै शिला गोरखा दरवार परिसरमा प्रण प्रतिष्ठा गरि ब्यबस्थापन गर्न माग गरेका थिए ।
साभार: नागरिक सबाल डट कम बाट